कालिकामाई टोल विकास संस्थाको अध्यक्षमा घिमिरे
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–८ स्थित कालिकामाई टोल विकास संस्थाको अध्यक्षमा रामप्रसाद घिमिरे चयन भएका छन् ।
संस्थाको शनिबार बिहान सम्पन्न १९ औं साधारणसभाबाट घिमिरेको संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा शंकर सुवेदी, सचिवमा अर्चना कार्की, कोषाध्यक्षमा मोनिका खड्का र सह–सचिवमा सजिता केसी चयन भएका छन् ।
यसैगरी, सदस्यहरुमा क्रमशः भरत श्रेष्ठ, चन्द्र बहादुर श्रेष्ठ, अम्बिका दवाडी, नानु पण्डित, ज्ञानबहादुर बानियाँ, सरिता पाख्रिन रहेका छन् ।
