हेटौंडामा योग, ध्यान, साधना तथा हिप्नोशिस कार्यक्रम हुँदै

तु खबर संवाददाता
२०८० मंसिर ९, शनिबार १०:१३

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज योग, ध्यान, साधना तथा हिप्नोशिस कार्यक्रम हुँदैछ । उक्त कार्यक्रम विकासानन्द फाउण्डेसन विश्व परिवार हेटौंडा शाखाको आयोजनामा हुने भएको हो ।

प्रख्यात दार्शनिक तथा योग गुरु डा. योगी विकासानन्दको उपस्थितिमा हुने उक्त कार्यक्रम हेटौंडा–४ स्थित रोयल प्यालेसमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने भएको हो ।

कार्यक्रममा ध्यान गर्ने तरिका, स्वस्थ जीवन जिउने तरिका, सकारात्मक सोचाई र आफ्नो शक्तिलाई पहिचान गर्ने तरिकाबारे योग गुरु डा. विकासानन्दले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

सो कार्यक्रममा सहभागी हुन आयोजकले टिकटको व्यवस्था गरेको छ ।