घरको छतबाट खसेर हेटौंडाकी कार्की घाइते
मकवानपुर । मकवानपुरको हेटौंडामा घरको छतबाट खसेर एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने अन्दाजी ४० वर्षीया मोनिका कार्की रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, कार्की आफ्नै एकतले घरको छतबाट खसेकी हुन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
ती महिलाले मानसिक रोग सम्बन्धी औषधी सेवन गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
