आज मौसम सामान्यतया सफा रहने

तु खबर संवाददाता
२०८० मंसिर ९, शनिबार ०९:२२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख गरिएको छ ।

यस्तै, आज सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै त्यहाँ तापक्रम पनि हालको अवस्था भन्दा १.५ देखि २ डिग्रीले घट्ने सम्भावना रहेको जनाइएको छ ।