बर्दियामा आगलागीमा परेर चार जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ९, शनिबार ०९:११
file photo

बर्दिया । बर्दियामा आगलागीमा परेर चार जनाको मृत्यु भएको छ । जिल्लाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा रहेका छन् ।

त्यस्तै, सोही आगलागीमा परेर एक जना घाइते भएका छन् घाइते हुनेमा २८ वर्षकी करिष्मा चन्द रहेका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीको कारण नखुलेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।