प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबीच झडप, केही प्रदर्शनकारी घाइते

तु खबर संवाददाता
२०८० मंसिर ७, बिहीबार १५:४२

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

झडपमा दुर्गा प्रसाईंका कार्यकर्ताले प्रहरीमाथि इँटा र ढुंगा प्रहार गरेका छन् भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।

सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी घेरा तोडेर प्रदर्शनकारीहरु कालीमाटीतर्फ लम्किन थालेपछि झडपको अवस्था सृजना भएको हो ।

सोही स्थानमा प्रसाईं नेतृत्वको प्रदर्शनकारी र प्रहरीबीच आजै यसअघि पनि झडप भएको थियो । सो क्रममा पनि प्रदर्शनकारीले इँटा र ढुंगा प्रहार गरेका थिए भने प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।