मकवानपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
मकवानपुर । मकवानपुरको चित्लाङ आपसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको धक्का महसुस भएको छ ।
बिहान १ बजेर १९ मिनेट जाँदा ४ दशमलब ५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का हेटौंडा, काठमाडौं उपत्यकालगायतको क्षेत्रमा पनि महसुस भएको थियो ।
सो भूकम्पबाट हालसम्म कुनै पनि क्षतिको जानकारी नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
