देउसी–भैलोको रकम फोक्सोका बिरामी राईलाई सहयोग
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ निवासी राजेश राईलाई आर्थिक रकम सहयोग भएको छ ।
आन्द्रा तथा फोक्सोका बिरामी राईलाई स्थानीय सागर बोहरासहितका टोलीले देउसी–भैलोबाट संकलन भएको ४१ हजार रुपैयाँ बुधबार हस्तान्तरण गरिएको हो ।
आर्थिक अवस्था कमजोर रहेको राईलाई उपचारमा सहयोग पुग्ने उद्देश्यले आफुहरुले देउसी–भैलोबाट संकलन गरेको उक्त रकम हस्तान्तरण गरिएको स्थानीय सागर बोहोराले जानकारी दिए ।
यस्तै, सो क्रममा राईलाई वडा ६ का वडा सदस्य लेखराज ढकालले पनि १० हजार रुपैयाँ सहयोग गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा वडा सदस्य ढकाल, रामनगर टोल विकास संस्थाका अध्यक्ष कृतिमान श्रेष्ठ, टोल विकास नगर समन्वय समितिका उपाध्यक्ष विष्णु प्रसाद ढुङ्गाना, सचिव केशव बोहरा लगायतको सहभागिता रहेको थियो ।
