छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला
काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । देशको रोल्पा, जुम्ला, प्युठान र ललितपुर जिल्लाको छुट्टाछुट्टै स्थानमा चार जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका–३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी, जुम्लाको गुठीचौर गाउँपालिका–१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी मृत अवस्थामा फेला परेका छन् । उनी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै, प्युठानको प्युठान नगरपालिका–८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल मृत अवस्थामा फेला परेकी छन् । कमला सोही ठाउँ बस्ने उनकै देवर आइतराम कुमालको घरमा मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँ घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने २७ वर्षीय निरज खड्की मंगलबार मृत अवस्थामा फेला परेकी छन् । खड्की सोही महानगरपालिका–२४ स्थित नागदहमा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
ती सबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले जनाएको छ ।
