पूर्वराष्ट्रिय सभा सदस्य ओलीलाई मातृ शोक

तु खबर संवाददाता
२०८० मंसिर २, शनिबार १६:०१

काठमाडौं । एमाले नेतृ, पूर्वराष्ट्रिय सभा सदस्य एवम् गायिका कोमल ओलीलाई मातृ शोक परेको छ ।

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट पीडित दीपाको काठमाडौंको अल्का अस्पतालमा बिहान ११ बजेर ४२ मिनेटको समयमा निधन भएको हो ।

स्व. दिपाको १९९८ सालमा रोल्पामा जन्म भएको थियो । दीपाको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।