शनिबार मौसम सामान्यतया सफा रहने

तु खबर संवाददाता
२०८० मंसिर २, शनिबार ०९:३२
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जनाएको छ ।

महाशाखाका अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै, कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिम लगायत आसपासको क्षेत्रमा साताभरि उल्लेखनीय परिवर्तन नहुने तथा हालको अवस्थाभन्दा १ देखि १.५ डिग्रीले घट्ने महाशाखाले जनाएको छ ।

यस्तै, महाशाखाले हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी प्रदेशमा बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘मिडहीली’को आंशिक प्रभाव रहेको जनाएको छ ।