मकवानपुरमा थप १५ जनामा डेंगु संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा थप १५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप १५ जना डेंगु संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा पछिल्लो घण्टामा थपिएका सबै संक्रमित हेटौंडा उपमहानगरपालिकाका हुन् ।
यससँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ७६० पुगेको छ । उक्त संख्या गत साउन १ गतेदेखि हालसम्मको हो ।
जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ५२६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका २० जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६८ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३७ जना, बकैया गाउँपालिकाका २५ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु संक्रमितको बिरामी फेला नपरेको मकवानपुर स्वास्थ्य कार्यालय जनाएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
