जाजरकोट भूकम्प : थप एक जनाको मृत्यु
सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१ बस्ने ३२ वर्षीय निरक विष्ट रहेका छन् ।
विष्टको उपचारका क्रममा आज बिहान कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको रुकुम पश्चिमका प्रहरीले जनाएको छ ।
उक्त अस्पतालमा उपचाररत २६ जनामध्ये उनको बिहान ९ बजे मृत्यु भयो भएको हो ।
गत्त कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको शक्तिशाली भुकम्पमा परेर ठूलो संख्यामा मानवीय क्षतिका साथै भौतिक क्षति भएको छ ।
