बागमती सरकारले प्रदेश प्रमुख कार्यालयका लागि बजेट उपलब्ध गराउने

तु खबर संवाददाता
२०८० कार्तिक २२, बुधबार १८:१८

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्रमुखको कार्यालय हेटौंडाको सवलिकरणका लागि बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले उक्त कार्यालयको लागि १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री एवम् सरकारका प्रवक्ता गंगाानारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, प्रदेश प्रमुख कार्यालयका लागि इन्धन सुविधामा २ लाख ५० हजार रुपैयाँ, कर्मचारीको क्षमता अभिवृद्धि तालिमका लागि १ लाख ५० हजार रुपैयाँ, आन्तरिक तथा अन्तर प्रदेश अवलोकन भ्रमण कार्यक्रम खर्चका लागि ६ लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।