हेटौंडाका पोखरेल भए इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्ष
मकवानपुर । हेटौंडाका सुशील पोखरेल इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आईएचए) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।
बिजबेलका संस्थापकसमेत रहेका युवा जलविद्युत् उद्यमी पोखरेल वर्ष २०२३–२५ का लागि इन्टरनेशनल हाइड्रोपावर एसोसिएसनको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
गत कात्तिक १४ देखि १६ गतेसम्म इन्डोनेसियाको बालीमा आयोजित ‘अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन, २०२३’ को क्रममा पोखरेल उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
पोखरेलले एसिया तथा मध्य एसियाका २८ देशलाई नेतृत्व गर्ने छन् । उपाध्यक्षमा निर्वाचित भएसँगै पोखरेलले नेपालको जलविद्युत् क्षेत्रलाई विश्वको लगानीयुक्त गन्तव्य बनाउने अभियानलाई आफूले अझ प्रबलरूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
आइएचएको वर्ष २०२३–२५ को अध्यक्षमा भने अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री माल्कोल्म टर्नबुल निर्वाचित भएका थिए ।
