राष्ट्रपतिको युरोप भ्रमण स्थगित

तु खबर संवाददाता
२०८० कार्तिक २०, सोमबार १६:१४
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित गरिएको छ ।

यही कात्तिक २२ गते फ्रान्स हुँदै जर्मनी र इटाली भ्रमणमा जाने तय भएपनि भूकम्पपछि देशको वर्तमान परिस्थिति अनुकूल नरहेकोले भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेल जानकारी दिए ।

गत कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण कार्य तालिका स्वीकृत गरेको थियो ।

तर, कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पका कारण देशमा उत्पन्न असहज भएपछि हालका लागि भ्राण्न स्थगित गरिएको जनाइएको छ ।