रास्वपाले भोलि एकैदिन सय ठाउँमा रक्तदान कार्यक्रम गर्ने

तु खबर संवाददाता
२०८० कार्तिक १७, शुक्रबार १५:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि शनिबार एकैदिन सय ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, भोलि केन्द्रीय कार्यालय बनस्थलीसहित सय ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।

नेपाल रेडक्रस सोसाइटीले चाडपर्वको अवसरमा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव देखिएको भन्दै सबैलाई रक्तदानका लागि आह्वान गरेको थियो ।