एमाले संसदीय दलको बैठक आह्वान

तु खबर संवाददाता
२०८० कार्तिक १६, बिहीबार १६:४७

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ ।

बैठक आजै बस्ने गरी आह्वान गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनका अनुसार, बैठक बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने गरी आहवान गरिएको हो ।