सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

तु खबर संवाददाता
२०८० कार्तिक १६, बिहीबार १०:११
file-photo

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक हाल जारी छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो ।

हरेक साताको मंगलबार बस्दै आएको मन्त्रिपरिषद् बैठक यो पटक भने बिहीबार बसेको हो ।

जारी बैठकले सरकारका नियमित काम–कारबाहीबारे निर्णय गर्नुका साथै संसद्को बर्खे अधिवेशन अन्त्यको निर्णय गर्ने जनाइएको छ ।