हेटौंडाबाट वेवारिसे अवस्थामा पेस्तोल बरामद
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार हेटौंडाबाट पेस्तोल बरामद गरेको छ ।
प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित सेल्फी रोडबाट मेड ईन ईङ्गल्याण्ड लेखेको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त पेस्तोल जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा बरामद गरेको हो ।
बरामद पेस्तोलको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
