आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ ।
यस्तै, आज दिउँसो देशभर आंशिक बदली रहनुका साथै देशका पहाडी भू–भागका केही स्थानहरुमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैगरी, आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
