मकवानपुर प्रहरीद्वारा अवैध पटका बरामद

तु खबर संवाददाता
२०८० कार्तिक १४, मंगलवार १७:१७

मकवानपुर । मकवानपुर प्रहरीले मंगलबार अवैध पटका बरामद गरेको छ ।

प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ पिपल चौतारा नजिकैबाट ५ प्याकेट (२५० पिस ) पटका बरामद गरेको हो ।

उक्त पटका पुर्व–पश्चिम सडकखण्डमा खटिएको चेकिङ टोलीले बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार, विरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.५ ख ५२६४ नम्वरको तेलको ट्याङकर गाडीलाई रोकी चेकजाँच गर्ने सो परिमाणको पटका बरामद गरिएको हो ।