कोशी प्रदेश सरकारमा सहभागी नहुने जसपाको निर्णय

तु खबर संवाददाता
२०८० कार्तिक १४, मंगलवार १६:३९

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार इटहरीमा बसेको पार्टीको पदाधिकारी समितिको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रदेश समिति अध्यक्ष दीपक याक्खाले बताए ।

जसपाले कोशी प्रदेश सरकारलाई विश्वासको मत भने दिएको थियो ।