मकवानपुरमा डेंगु संक्रमितको संख्या ७१८ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको संख्या ७१८ पुगेको छ ।
जिल्लामा मंगलबार थप ६ जनामा डेंगु संक्रमण भएसँगै संक्रमितको कूल संख्या ७१८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ४९६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १९ जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६५ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३५ जना, बकैया गाउँपालिकाका २२ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, सो अवधिमा जिल्लामा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
