मकवानपुर प्रहरीद्वारा अवैध कपडा बरामद
मकवानपुर । मकवानपुर प्रहरीले शुक्रबार बिहान अवैध कपडा बरामद गरेको छ । प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट ८ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको हो ।
प्रहरीले साडी ४ सय ५३ थान, सर्ट ९३ थान, कुर्ता सेट १ सय ५३ थान, सल १ सय ४२ थान, टप्स सेट १ सय ८५ थान, सिंगल टप्स ५ थान र सुरुवाल ६१ थान गरी ८ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको प्रहरीले प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६२९५ नम्बरको सानो डिब्बा गाडी चेक गर्दा उक्त परिमाणको कपडा बरामद गरेको हो ।
प्रहरीले बरामद कपडा र गाडी चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
