एमालेले कात्तिक १४ मा चियापान कार्यक्रम गर्ने

तु खबर संवाददाता
२०८० कार्तिक २, बिहीबार १६:४५

काठमाडौं । नेकपा एमालेले दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा यही कात्तिक १४ गते चियापान कार्यक्रम गर्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार, केन्द्रीय कार्यालय च्यासलमा चियापान कार्यक्रम राखिएको हो ।

‘नेपालीहरुको ठूला चाडहरुको अवसरमा शुभकामना आदान–प्रदान गर्न पार्टी अध्यक्षले चियापान राख्नुभएको हो’, अधिकारीले भने ।