मकवानपुरको बकैयामा शुक्रबार शोक विदा

तु खबर संवाददाता
२०८० कार्तिक २, बिहीबार १५:२९

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाले कात्तिक ३ गते शोक विदा दिने निर्णय गरेको छ ।

गाउँपालिकामा कार्यरत सव–इन्जिनियरको दुर्घटनामा मृत्यु भएपछि पालिकाले बिहीबार एक सूचना जारी गर्दै भोलि कात्तिक ३ गते शोक विदा दिने जानकारी गराएको हो ।

गाउँपालिकाको कार्यरत पूर्वाधार विकास शाखाका असिस्टेन्ट सव–इन्जिनियर सरोज महतोको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।

दशैँ मनाउन अफिसबाट छुट्टी लिएर जनकपुरस्थित घर जाने क्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुरमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा महतोको मृत्यु भएको हो ।

महतो पालिकामा एक महिना अगाडि मात्रै भरतपुर महानगरपालिकाबाट सरुवा भई आएका थिए ।