चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात

काठमाडौं । चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ । मुटुको भल्भमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित एक अस्पतालमा भर्ना भएको माओवादीका एक उच्च नेताले जानकारी दिए ।
स्रोतका अनुसार, श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएको हो । उनको अवस्था सामान्य रहेको छ । भल्भमा रक्तसञ्चारमा देखिएको अवरोध खुलिसकेको बताइएको छ ।
श्रेष्ठ तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन चीन गएका छन् । बुधबार उनले तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’ को उद्घाटन समारोहलाई सम्बोधन गरेका थिए ।