बजाजको बाइक खरिद गर्ने थिङ्ले जिते नगद ५० हजार

तु खबर संवाददाता
२०८० कार्तिक १, बुधबार १८:४९

मकवानपुर । हेटौंडा– १० स्थित होराइजन अटो प्रालिबाट बजाजको पल्सर १५० सिसिको मोटरसाइकल खरिद गर्ने मनहरी निवासी सागर थिङले लक्किड्रमार्फत् नगद ५० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।

उनलाई बुधबार होराइजनका सञ्चालक राजु रत्न बज्राचार्य र लालकाजी रत्न बज्राचार्यले पुरस्कार बापत्को रकम हस्तान्तरण गरेका हुन् ।

बडा दसैंलगायतका विभिन्न पर्वको अवसरमा बजाजले पल्सर, डिस्कोभर, एभेन्जर, प्लेटिलालगायत विभिन्न ब्राण्डका मोटरसाइकल खरिद गर्ने ग्राहकहरुलाई लक्कीड्र कार्यक्रममा सहभागी हुने मौका दिएको र लक्कीड्र मार्फत् नगद उपहार जित्न सक्ने सञ्चालक लालकाजी रत्न बज्राचार्यले बताए ।

उनका अनुसार सो लक्कीड्रमा सहभागी हुने ग्राहकले अधिकतम पुरस्कार नगद २५ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । यो अफर मोटरसाइकल खरिदकर्ताको लागि अहिलेसम्मकै ठूलो अफर भएको उनले बताउ ।

बजाजले भदौ २४ गतेदेखि मंसिर १४ गतेसम्म बजारको देशैभरीका विभिन्न बाइक स्वरुमहरुमा यो अफर लागू गरिरहेको उनले बताए ।