चार महिनादेखि बेपत्ता भएका पुजन राईको मोटरसाइकल भोटेकोशीमा भेटियो

तु खबर संवाददाता
२०७७ फाल्गुन २७, बिहीबार १५:११

मकवानपुर । महिनौँदेखि बेपत्ता रहेका पुजन राईको मोटरसाइकल र एउटा जुत्ता फेला परेको छ ।

उनको को २१ प ५७९९ नम्बरको बुलेट मोटरसाइकल बुधबार बिहान बाह्रबिसे नगरपालिका वडा नम्वर ६ स्थित भोटेकोशी नदीमा भेटिएको हो ।

उनको एउटा जुत्ता पनि प्रहरीले फेला पारेको छ ।

गएको कात्तिक २७ गते भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्वर ६ का २५ बर्षीय पुजन राई बेपत्ता भएका थिए ।

भोटेकोशीमा माछा मार्न गएका व्यक्तिहरूले बाइक जस्तो देखिएपछि प्रहरीलाई खबर गरेका थिए।

पुजन राईकै हुनसक्ने आशंकामा प्रहरीले उनको परिवारलाई बोलाएर बाइक निकालेको थियो। उनको बाइक अरनिको राजमार्गबाट अन्दाजी ३७ फिट तल भेटिएको
हो ।

सिन्धुपालचोक प्रहरी स्रोतका अनुसार बाइक भेटाएको ठाउँमा आधाभन्दा बढी भाग पिच भासिएको छ।

त्यसैले उनी सोही ठाउँमा खसेको हुनसक्ने अनुमान प्रहरीको छ। बाइकमा चाबी पनि भित्रै रहेको प्रहरीले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*