मोटरसाइकल दुर्घटनामा गिरीको मृत्यु

तु खबर संवाददाता
२०७८ जेष्ठ २२, शनिबार १५:०४

धनुषा । मोटरसाइकल दुर्घटनामा परी धनुषा जिल्लाको पोर्ताहामा एक जना सैनिक जवानको मृत्यु भएको छ ।

बिग्रिएर रोकी राखिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा भीमदत्त गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान नरेन्द्र गिरीको मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्गको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा ना. ४ त १६८२ नम्बरको ट्रयाक्टरमा रा.६ प २८६३ नम्बरको मोटरसाइकल ठोक्किँएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*