भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०८० कार्तिक १, बुधबार १५:३८

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ स्थित भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग भएको छ ।

कारागारका कैदीबन्दीलाई नेपालीहरुको महान पर्व बडादशैँको अवसरमा एक कार्यक्रमबीच जिल्लाको कैलाश गाउँपालिकाले खसी र खाद्यान्न सहयोग गरेको हो ।

पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले २ वटा खसी, चिउरा र तेल हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा पालिकाका लेखा प्रमुख नविन धिताल, रोजगार संयोजक अर्पण लामा, कैलाश–१० का पूर्वध्यक्ष माणिकलाल मुक्तानलगायतको सहभागिता रहेको थियो ।