कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
विराटनगर । संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले आज विश्वासको मत लिँदैछन् ।
आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ ।
उनलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने बताइसकेका छन् । कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेका थिए ।
