घरबाट निस्केको तीन दिनपछि मृत भेटिए बस्नेत

तु खबर संवाददाता
२०८० आश्विन ३०, मंगलवार १७:५६
सांकेतिक तस्वीर

जाजरकोट । तीन दिनदेखि सम्पर्कविहीन भएका जाजरकोट एक युवक मृत भेटिएका छन् । जिल्लाको भेरी नगरपालिका–१२ निवासी ३५ वर्षका इन्द्रबहादुर बस्नेत मंगलबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गत आइतबार घरबाट कसैलाई केही नभनि निस्किएको र खोजतलास गर्ने क्रममा नजिकैको सालविसौना भन्ने जंगलमा भिरबाट अन्दाजी एक सय ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।

मदिरा सेवन गरेर भिरालो बाटोमा हिँडेका कारण लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको भएपनि यद्यपी पुष्टि भइनसकेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।