मकवानपुरका एक जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन २९, सोमबार १६:४७

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध कारोबारमा फरार एक जनालाई सोमबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको साबिक टिस्टुङ गा.बि.स. वडा नं. ६, हाल थाहा नगरपालिका वडा नम्वर १२ भञ्जाङ बस्ने ६९ वर्षीय नाईके भन्ने धनमाँया लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, मिति २०६८ साल माघको १ गते लामाले आफ्नो घर पछाडी बारीमा १ हजार ४४० किलो लागूऔषध गाँजा लुकाई छिपाई गरी राखेको अवस्थामा बरामद भएको र त्यसपश्चात उनी फरार रेहका थिए ।

फरार रहेका उनलाई आज बिहान साढे ४ बजे आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी नयाव उपरीक्षक भण्डारीले बताए । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रृकया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।