जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन २८, आईतवार १६:२९

झापा । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट शनिबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको मेचिनगर नगरपालिका–११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कुँवर रहेका छन् ।

उनलाई ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।