प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

तु खबर संवाददाता
२०८० आश्विन २६, शुक्रबार ०८:२२
file-photo

काठमाडौं । संघीय संसद् अन्तरगत पर्ने प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद् भवन बानेश्नरमा बस्ने भएको हो ।

उक्त बैठकमा मौखिक तथा लिखित प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

यसैगरी, आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक, २०८० दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।