संसद्को अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव

तु खबर संवाददाता
२०८० आश्विन २५, बिहीबार १६:०७
file-photo

काठमाडौँ । सत्ता गठबन्धनले सरकारलाई संसद्को चालु अधिवेशन अन्त्य गर्न सुझाव दिएको छ ।

सत्ता गठबन्धनको बिहीबार बसेको बैठकले चाडबाड लगायतको समय आएकाले चालु अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिएको हो ।

बैठकमा सहभागी एक नेताले अधिवेशन अन्त्य गर्ने नगर्ने निर्णय सरकारले गर्ने भएपनि गठबन्धनमा छलफल हुँदा शुक्रबार बैठक बसेर अन्त्य गर्दा उपयुक्त हुने सुझाव सरकारलाई दिएको बताए ।