मकवानपुर प्रहरीद्वारा अवैध गाँजासहित चार जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले मनहरी गउँपालिका वडा नम्वर ७ रमौलीबाट अवैध लागूऔषधसहित गएराति चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध गाँजा १ सय ५० किलोसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा जिल्लाको कैलाश गाउँपालिका वडा नम्वर ७ बस्ने ३० वर्षीय रामशरण चेपाङ, १९ वर्षीय बिश्वराम चेपाङ, ५६ वर्षीय कमान सिं चेपाङ र ३० वर्षीय कृष्णबहादुर प्रजा रहेका छन् ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, प्रहरीको टोलिले गस्ति गर्दै जाने क्रममा उनीहरुको साथबाट लुकाइछिपाइ ल्याएको सो परिमाणको गाँजा बरामद गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
