जसपाले तोक्यो राष्ट्रिय समितिका इन्चार्ज

तु खबर संवाददाता
२०८० आश्विन २४, बुधबार १६:२१

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेश समिति मातहतका चार वटा राष्ट्रिय समितिमा इन्चार्ज तोकेको छ ।

तीन महिने पार्टी संगठन सुदृढीकरण अभियान सफल बनाउन प्रदेश समिति मातहतका लिम्बुवान, किराँत, मधेस र शेर्पालुङ राष्ट्रिय समितिमा इन्चार्ज तोकिएको सो प्रदेशका अध्यक्ष दिपक याक्खाले जानकारी दिए ।

लिम्बुवानमा केन्द्रीय उपाध्यक्ष प्रेम वनेम, किराँतमा उपाध्यक्ष दिपेश राई, मधेशमा सचिव अनिल ठाकुर र शेर्पालुङमा प्रदेश सदस्य आङछेपाल शेर्पालाई इन्चार्ज तोक्ने निर्णय गरिएको हो ।