नेप्सेमा सामान्य अंकको सुधार, १ अर्ब ८ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०८० आश्विन २४, बुधबार १६:००
file-photo

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेप्से सामान्य अंकको सुधार आएको छ । आज नेप्से ५ अंकले बढेर १८९४ को विन्दुमा कायम भएको हो ।

आज ३७ लाख ३३ हजार ५२४ कित्ता किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजारको कारोबार भएको छ ।

यस्तै, आज १० वटा उपसूचकमा हरियाली छाउँदा ३ उपसूचकमा भने रातो पोतिएको छ । आज ट्रेडिङ र उत्पादन तथा प्रशोधन उपसूचक समान ०.१३ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.०६ प्रतिशतले घटेको छ ।