हेटौंडाबाट एक युवक पक्राउ
मकवानपुर । प्रहरीले सोमबार राति हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले लागूऔषध नाईट्राभेट ३९ वटासहित एक युवकलाई पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको बीरगंज महानगरपालिका–७ घर भएका ३२ वर्षीय रञ्जित चौरसिया रहेका छन् ।
शंकास्पद अवस्थामा पैदल हिँडिरहेका चौरसियालाई उनलाई चेकजाँच गर्दा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
