नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आज सोमबार नेप्सेमा दोहोरो गिरावट आएको छ । आइतबार ३५ अंकले घटेको नेप्सेमा आज दोस्रो दिन पनि दोहोरो अंकको गिरावट आएको हो ।
आज नेप्से उपसूचक १२ अंकले घटेर १९०८ को विन्दुमा कायम भएको छ । आज ४३ लाख २७ हजार १७९ कित्ता किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजारको कारोबार भएको छ ।
नेप्से परिसूचक घटेसँगै आज ११ उपसूचकमा गिरावट आएको छ । ट्रेडिङ उपसूचक र उत्पादत तथा प्रशोधन उपसूचक क्रमशः ०.४९ र ०.०६ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसूचक सर्वाधिक १ प्रतिशतले घटेको छ ।
