खुकुरी प्रहारबाट बाबुको मृत्यु, छोरा पक्राउ
लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–९ टक्सार बस्ने ६० वर्षीय दिलबहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ ।
गत असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्रिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, आफ्नै छोरा २८ वर्षीय सुजन बिकबीच दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर भएको झगडामा सुजन बिकले खुकुरी प्रहार गरेका थिए ।
बाबुलाई खुकुरी प्रहार गर्ने सुजनलाई प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले गत असोज १६ गते पक्राउ गरी घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
