जनकपुर बिग मार्टमा आगलागी, १० करोडबढीको क्षति

तु खबर संवाददाता
२०८० आश्विन २१, आईतवार ०९:०९
file photo

काठमाडौं । जनकपुर बिग मार्टमा गएराति लागेको आगो नियन्त्रणमा आएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको उक्त मार्टमा राति ११ बजेदेखि लागेको आगो आज बिहान नियन्त्रणमा आएको हो ।

जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको बारुणयन्त्र, प्रहरी, स्थानीयलगायतको सहयोगमा उक्त आगो नियन्त्रणमा आएको हो ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ । मार्टको सामान साढे चार करोड, घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको क्षति पुगेको संचालक रामबाबु रायले जानकारी दिए ।

उक्त मार्टको दोस्रो तल्लमा बसिरहेका राय दम्पतीले भने भागेर ज्यान बचाएको बताएका छन् ।