जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन १९, शुक्रबार १५:५१

काठमाडौं । किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा झापाबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–२ घर भएका अजय शर्मा खत्वे रहेका छन् ।

२० वर्षीय शर्मालाई बिहीबार पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खत्वेले १७ वर्षीया बालिकालाई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा असोज १० बाट १७ गतेसम्म बलात्कार गरेको आरोप छ ।

उनलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पठाइएको झापा प्रहरीले जनाएको छ ।