साढे ३ किलो चरेससहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन १९, शुक्रबार १०:१८
सांकेतिक तस्बिर

धनगढी । कैलालीमा लागूऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साढे ३ किलो चरेससहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–४ बाट बझाङको बुङ्गल नगरपालिका–२ घर भई कञ्चनपुरको कृष्णपुर बस्ने ३५ वर्षीय गोरे धामी रहेका छन् ।

प्रहरीका अनुसार, धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त परिमाणको चरेस फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका धामीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।