एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा निर्वाचित

तु खबर संवाददाता
२०८० आश्विन १९, शुक्रबार ०८:४०

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । शर्मा ५३१ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

शर्माले आफ्ना अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई १६६ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । अधिकारीले ३६५ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मत, सचिवमा लमजुङका धनञ्जय दवाडी ५२० मत, उपसचिव पदमा कास्कीका दामबहादुर विक ४९९ मत, उपसचिव महिलामा लपर्वतकी मन्जु अधिकारी ५३१ मतसहित निर्वाचित भएका छन् ।

अधिवेशनमा विभिन्न क्लस्टरबाट २७ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।