९ अंकले बढ्यो नेप्से, १ अर्ब १८ करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०८० आश्विन १७, बुधबार १६:१६
file-photo

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ९ अंकले बढेर १९६७ को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा ४३ लाख २३ हजार २१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजारको कारोबार भएको छ ।

यसअघि मंगलबार नेप्से परिसूचक १७ अंकले घटेर १९५८ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा ३९ लाख ६५ हजार ९७१ कित्ता शेयर कारोबार हुँदा १ अर्ब १९ करोड ९१ लाख बराबरको कारोबार भएको थियो ।

यस्तै, आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.५२ प्रतिशत, हाइड्रोपावर उपसूचक १.३७ र फाइनान्स उपसूचक १.०४ प्रतिशतले बढेको छ ।