प्रहरीद्वारा १२ लाखको अवैध सामान बरामद
रौतहट । रौतहटमा प्रहरीले १२ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको विभिन्न नाकाबाट भन्सार छलेर भित्रयाइएको १२ लाख मूल्य बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, भन्सार छली गरेर चोर नाका हुँदै भित्रयाइएका भारतीय लत्ताकपडा, खाद्यान्न, कष्मेटिक, इलेक्ट्रोनिक, मदिरा सौफी सलायतका सामान सहित ल्याउन प्रयोग गरिएको १ टेम्पो ,३ मोटरसाइकल बरामद गरिएको हो ।
बरामद उक्त सामान आवश्यक कारवाहीका लागि मंगलबार नै जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जनाइएको छ।
